Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

टिनएजर सम्बन्धीत मोडलिङ प्रतियोगिता मिष्टर एण्ड मिस टिन सुपर मोडल २०२४ मा विप क्षिरिङ तामाङ र चासुम राई विजेता घोषणा गरिएका छन् । प्रतियोगितामा प्रवेश पाण्डे र पुनम चाम्लागाई फस्ट रनर अप, आदित्य कार्की र प्रिया वाईबा सेकेन्ड रनर अप तथा स्वर्णिम शाह र प्रसिद्धि जोशी थर्ड रनर अप छनौट भएका थिए ।

प्रतियोगितामा वाङ्गेल राई र युनिशा गुरुङ अर्गनाइजर च्वाइस, आर्यन महर्जन र श्यारोन शेर्पा ब्राण्ड एम्बेसडर, सन्दिप कटवाल र प्राज्ञी थापा मोस्ट पपुलर, युमा घिमिरे मोस्ट पपुलर फस्ट रनर अप तथा कल्पना महतो ब्युटी विथ ब्रेन अवार्डमा विजेता घोषणा गरिएका थिए । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न सो प्रतियोगिता एभरेष्ट इभेन्टस्को आयोजनामा सम्पन्न भएको थियो भने आर्शु महर्जन र सुगन्धा अधिकारी कार्यक्रमका कोरियोग्राफर थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय