नेपाल टेलिकम मिस नेवाः ११४१ की विजेता कृषा महर्जनलाई नेपालकै सर्वाधीक लोकप्रिय सिने मासिक कामनाको पछिल्लो अकको आवरणमा देख्न पाइएको छ । परिमार्जित शैलीको नेवारी भेषभुषामा कामना सिने मासिकको आवरणमा देखिएकी कृषाको पहिरनलाई कुष्णा महर्जनले तयार पारेकी हुन् । ग्ल्यामर फोटोग्राफर शिव लाल श्रेष्ठले खिचेको उक्त तस्वीर इन्डोर फोटोशुटको परिणाम हो । सो फोटोशुट बागबजारस्थित तस्वीर स्टुडियोमा गरिएको हो भने कृषाको सुन्दरमा श्रृंगारबाट थप आकर्षंण ल्याउन कार्य मेकअप आर्टिष्ट रुपा मानन्धरले गरेकी हुन् । 

कृषा महर्जन नेप्लीज् फेसन होमले आयोजना गरेको १५ औं संस्करणको नेपाल टेलिकम मिस नेवाः ११४१ का विजेता हुन् । प्रतियोगिता वर्ष २०७७ को फाल्गुण १५ गते राजधानी शहरको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा सम्पन्न भएको थियो । मिस नेवाः को उपाधि सहित कृषाले सो प्रतियोगितामा वेष्ट इन नेपाल भाषाको अवार्ड पनि जितेकी थिइन् ।


