Thursday 3 September 2026 / बिहीबार, १८ भाद्र २०८३

किएभ(युक्रेन), युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ जनाको मृत्यु भएको युक्रेनी आन्तरिक मामिला मन्त्रीले बताउनुभएको छ । सुमी रुसको कुर्स्क क्षेत्रको सिमानाको छेउमा अवस्थित छ, जहाँ किभले गत अगस्ट मा रूसमा “बफर जोन“ सिर्जना गर्ने उद्देश्यले आक्रमण सुरु गरेको थियो । युक्रेनका आन्तरिक मामिलामन्त्री इगोर क्लिमेन्कोले टेलिग्राम मार्फत सुमीका अस्पतालमा रूसले दुई पटक आक्रमण गर्दा आलसम्म एकजना प्रहरीसहित छ जनाको मृत्यु भएको उल्लेख गर्नु भएको छ ।

पहिलो आक्रमणमा “एक जनाको ज्यान जानुका साथै अस्पतालको संरचनामा क्षति पुर्याएकाले बिरामी तथा कर्मचारीहरूलाई सुरक्षित स्थानमा स्थानान्त्रण गर्न थालेको क्लिमेन्कोले जनाउनु भएको छ । बिरामीहरूलाई स्थानान्त्रण गर्ने क्रममा भएको दोस्रो प्रहारले एक जना प्रहरी घाइते भएको जनाइएको छ ।

सुमीको क्षेत्रीय प्रशासनले टेलिग्राम मार्फत दुवै आक्रमणमा ड्रोनहरू समावेश भएको जनाएको छ । दोस्रो रूसी आक्रमणले आवासीय क्षेत्रमा प्रहार गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय