Friday 4 September 2026 / शुक्रबार, १९ भाद्र २०८३

टोकियो, जापानका नव निर्वाचित लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) नेता शिगेरु इसिबाले आगामी आर्थिक मन्दीको सम्बोधनका लागि अक्टोबर २७ का लागि आकस्मिक निर्वाचन गराउने तयारी रहेको बताएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् । उहाँ अक्टोबर १ अर्थात् मङ्गलबार औपचारिक रूपमा जापानको प्रधानमन्त्रीको रूपमा नियुक्त हुनुहुनेछ । संसद्मा बहुमत रहेको एलडिपीबाट शुक्रबार पार्टी नेता चुनिएपछि उहाँ प्रधानमन्त्रीको लागि निर्विकल्प उम्मेदवार बन्नुभएको हो ।

इसिबाले अक्टोबर २७ मा हुने आम निर्वाचनअघि अक्टोबर ९ मा संसद विघटन गर्ने योजनालाई अन्तिम रूप दिइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँले एलडिपी नेतृत्वको दौडमा भाग लिने मन्त्रीमण्डलका पूर्व मुख्यमन्त्री कत्सुनोबु कातोलाई अर्थमन्त्रीको रूपमा नियुक्त गर्ने सम्भावना प्रवल रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । नयाँ मन्त्रीमण्डलमा पूर्व रक्षामन्त्री जनरल नाकातानी पुरानै काममा फर्किनु हुनेछ भने अर्का पूर्व रक्षा मन्त्री ताकेसी इवाया विदेशमन्त्रीका रूपमा आउनुहुने सम्भावना छ ।

एनएलआई रिसर्च इन्स्टिच्युटका वरिष्ठ अर्थशास्त्री तारो साइतोले इसिबाले अहिलेसम्म जापानमा सार्वजनिक वित्त कसरी सुधार गर्ने भन्ने कुरामा ध्यान केन्द्रित गरेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय