नेसनल किड्स अफ द इयरको चौथौं संस्करण सफलता पूर्वक सम्पन्न भएको छ । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन गरिएको स्कूल अध्ययनरत बालबालिका सम्बन्धीत यो कार्यक्रम सहभागिहरुको उमेर समूह अनुसार जुनियर तथा सिनियर दुवै विधामा विजेताहरु चयन गरिएका थिए । जस अन्तर्गत सिनियर तर्फ ग्यालेक्सी पब्लिक स्कूलमा कक्षा ७ अध्ययनरत उत्सर्ग भट्टराई र एनआइसी एकेडेमीमा कक्षा ५ मा अध्ययनरत क्यारिङ दोङ विजेता छानिएका थिए । यसैगरी सिनियर तर्फ निशान उलक परिसा सिटौला फस्ट रनर अप तथा आरोग्य श्रेष्ठ र इक्क्षिता तण्डुकार सेकेन्ड रनर अप चयन भएका थिए ।

प्रतियोगिताको जुनियर तर्फ भने रोज बर्ड स्कुलका कक्षा २ का छात्र प्रणय मानन्धर र माछापुच्छे« आईबी स्कूलका कक्षा ३ की छात्रा प्रान्भी आचार्य विजेता चयन भएका थिए । जुनियरतर्फ फस्ट रनर अप स्थानमा अविग्न डंगोल र साइना थापा फस्ट रनर अप तथा ड्यारियन कुँवर र आयुजा चौधरी सेकेन्ड रनर निक्र्यौल गरिएका थिए । प्रतियोगिता शीर्ष उपाधि विजेताहरुले थाइल्याण्डमा संचालन हुने बालबालिका सम्बन्धीत अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गरेका छन् । साथै विभिन्न गिफ्ट ह्याम्परका साथै होलिडे ट्रिट नेपालका तर्फबाट जनही पच्चीस हजार बराबरको अन्तर्राष्ट्रिय हवाई टिकटको सहुलियत सुविधा पनि प्राप्त गरेका छन् ।

ईभन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्टको ब्यानरमा धीरज तण्डुकार मुख्य आयोजक रहेको सो प्रतियोगितामा स्वस्तिका राजभण्डारी कोरियोग्राफर, सोफिया महर्जन काकी पब्लिक स्पीच कोच, अशान्त शर्मा अभिनय प्रशिक्षक तथा लीजा श्रेष्ठ नृत्य प्रशिक्षकको भूमिकामा थिए भने सहभागिहरुले इन्ता अटायरका फेसन डिजाइनर इन्ता श्रेष्ठले तयार पारेका पहिरनमा आ आफ्नो प्रस्तुति दिएका थिए ।


