Wednesday 10 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

रनवे मोडलको परिचय बनाउन सफल मोनिका अधिकारीले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतिायोगिता मिस ग्लोब २०२४ मा उत्कृष्ट १५मा स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको गर्वको क्षण बनाएकी छिन् । शीर्ष १५मा स्थान बनाउनुका साथै मोनिक हेड टू हेड च्यालेन्ज तथा मोस्ट पपुलर अवार्डमा पनि फाइनलिष्ट बन्न सफल भएकी थिइन् ।

मोनिकाको मिस ग्लोब २०२४ सम्मको यात्रा यसै वर्ष मिस्टर एण्ड मिस नेशनल २०२४ प्रतियोगितामा मिस ग्लोब नेपाल २०२४ को उपाधि जितेपछि सुरु भयो, जुन सनुर्वी इन्टरनेशनल प्रा.लि. द्वारा आयोजित गरिएको थियो। नेपालका मोडलिङ क्षेत्रकी चर्चित अनुहार मोनिका २०२२ मा नेक्स्ट मोडेल्स नेपालद्वारा आयोजित प्रतिष्ठित मोडल हन्ट नेपाल प्रतियोगिता जितेर चर्चामा आएकी थिइन्।

मिस ग्लोब २०२४ को भव्य फिनाले अल्बानियाको तिराना ओलम्पिक पार्कमा १५ अक्टोबर, बुधबार सम्पन्न भयो। कोलम्बियाकी डायना मोरेनोले ४२ अन्य प्रतिस्पर्धीहरूलाई हराउँदै मिस ग्लोब २०२४ को उपाधि जितिन्। थाइल्यान्डकी प्राडा थान्सिता दिल्होकानन्साकुल पहिलो रनर-अप घोषित भइन् भने फिलिपिन्सकी जस्मिन बुङ्गे दोस्रो रनर-अप स्थानमा रहिन्। जर्मनीकी एन्ड्रोमेडा शुस्टर तेस्रो रनर-अप बनेकी छिन् भने भियतनामकी हा त्राङ डोले चौथो रनर-अपको स्थान हासिल गरिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय