Wednesday 10 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

फेसन कोरियोग्राफर, प्याजेन्ट निर्देशक एवं विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपालको नेसनल डाइरेक्टर समेत रहँदै आएकी अनिला श्रेष्ठलाई उनको यो क्षेत्रमा उपस्थिति, निरन्तरता, उपलब्धी र योगदानलाई कदर गर्दै वल्र्ड बुक अफ रेकर्डस् लण्डनले एक्सिलेन्स अवार्डबाट सम्मानीत गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका वीच माननीय उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले उक्त सम्मान अनिलालाई प्रदान गरेकी हुन् ।

सन् २००५ मा आयोजना भएको मिस नेवाः प्रतियोगिताबाट यो क्षेत्रमा अगाडि बढेकी अनिला श्रेष्ठ हाल ग्रीन आर्टस् मिडिया प्रा.लि. ईभेन्ट डारेक्टर तथा कोरियोग्राफरका रुपमा सक्रिय रहँदै आएकी छिन् । उनी हेरिटेज प्याजेन्टस्, मिस ईको इन्टरनेसनल लगायतका अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि नेसनल डाइरेक्टर पनि हुन् । विभिन्न उमेर समूहका सौन्दर्य प्रतियोगिताहरुको कोरियोग्राफर, प्याजेन्ट कोचका रुपमा सक्रिय रहेकी अनिलाले दुबईमा सम्पन्न इन्डो इन्टरनेसनल फेसन कार्निभल एण्ड अवार्डस् २०२३ तथा मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२४ को निर्णायकको भूमिका पनि निर्वाह गरिसकेकी छिन् । यस बाहेक अनिलाले ड्रिम सर्च एजेन्सीको आयोजनामा सम्पन्न फेसनफेयर अवार्डस् २०२० मा वेष्ट इभेन्ट कोरियोग्राफर तथा वेष्ट इन्टरनेसनल नेसनल डाइरेक्टरको अवार्ड पनि प्राप्त गरेकी थिइन् ।

अनिला स्वयं आफैं मिसेस् युनिभर्स नेपाल २०१९ का रुपमा मिसेस् युनिभर्स २०१९ मा नेपालको तर्फबाट सहभागि भएकी थिइन् । चीनको ग्वान्जाउमा सम्पन्न मिसेस् युनिभर्स २०१९ मा उनले मिसेस् युनिभर्स लोयल २०१९ को उपाधि प्राप्त गर्नुका साथै प्रतियोगिताको सेमिफाइनल सम्मको यात्रा तय गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय