नेपालकी सुन्दरी कुसुम कुँवर हाल मिस सुप्राग्लोबल २०२४ मा प्रतिस्पर्धा गर्दैछिन्। कुसुम विश्वभरका सुन्दरीहरूसँग मिस सुप्राग्लोबल २०२४ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गरिरहेकी छिन्, जुन इन्डोनेसियामा आयोजना भइरहेको छ। मिस सुप्राग्लोबल २०२४ को कार्यक्रम २१ अक्टोबरदेखि २८ अक्टोबर २०२४ सम्म लमबोक टापु, इन्डोनेसियामा आयोजना हुँदैछ। यो प्रतियोगिताको ग्राण्ड कोरोनाेशन समारोह २७ अक्टोबर २०२४ मा तय गरिएको छ।

कुसुम यसअघि आरके इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गरेको मिस ग्राण्ड नेपाल २०२४ को फाइनलमा मिस ग्राण्ड गण्डकीको उपाधि जितिसकेकी थिइन्। कुसुमलाई मिस सुप्राग्लोबल २०२४ नेपालका राष्ट्रिय निर्देशक लक्की राम केसीले साथ दिएका छन्।

मिस सुप्राग्लोबल २०२४ मा सहभागी हुनुअघि, कुसुमले मिडिया पर्सन र फेसन कोरियोग्राफर रोजिन शाक्यको मार्गदर्शनमा तालिम सत्र पूरा गरेकी थिइन्।


