थाईल्याण्डको राजधानी शहर बैंककमा यही आउँदो नोभेम्बर ९ देखि १८ सम्म संचालन हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा हेरिटेज जेम्स विधामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने नेपाली बालबालिकाहरुलाई उनीहरुको सुखद उपस्थिति र उपलब्धीका लागि माननीय रक्षा मन्त्री मानवीर राईबाट बधाई तथा शुभकामना व्यक्त भएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने बालबालिकाहरुलाई शुभकामना व्यक्त गर्दै आ आफ्नो प्रस्तुतिबाट नेपाल र नेपालीको शान र गौरवलाई अझ उच्च बनाउन हौसला बढाएका थिए । मन्त्री राई संगको भेटघाटमा हेरिटेज प्याजेन्टस् २०२४ अन्तर्गत हेरिटेज जेम्स विधाका लागि नेसनल डाइरेक्टरका रुपमा रहेका धीरज तण्डुकार। सोही प्रतियोगिताका शो निर्देशक एवं अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य, नृत्य निर्देशक लिजा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

हेरिटेज प्याजेन्ट्स २०२४ मा इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्टका तर्फबाट नभ्नी उलक, निशान उलक, केरिङ दोङ र प्रणय मानन्धरले नेपालको प्रतिनिधित्व गर्दैछन् । चारै जना बालबालिका इभेन्ट बेटर ग्यालेक्सीकै आयोजनामा सम्पन्न नेसनल किड्स अफ द इयर २०२४ का विभिन्न उपाधि विजेताहरु हुन् । यी बालबालिकाका साथमा उनीहरुका अविभावकको पनि उपस्थिति रहनेछ । यो टिमलाई धीरज तण्डुकारले नेतृत्व गर्दैछन् ।

सहभागि बालबालिका मध्ये क्यारिङ दोङ नेसनल किड्स अफ द इयरका सिनियर तर्फका विजेता हुन् । निशान उलक फस्ट रनर अप हुन् भने प्रणय मानन्धर जुनियर तर्फका विजेता हुन् । नभ्नी भने सिनियरतर्फका मोस्ट डिसिप्लीन उपाधि विजेता हुन् ।

हेरिटेज प्याजेन्टस् २०२४ मा सहभागि हुने नेपाली बालबालिकाहरुको विभिन्न प्रस्तुतिका ड्रेसहरु भने कुसम क्रिएसन, मेराकी बुटिक, ला बेला क्रिएसन, मध्यपुर डे«ेस हायर सेन्टरले तयार पारेका छन् । ट्यालेन्ट राउन्डको लागि तयारी निर्देशक लिजा श्रेष्ठले गराएकी हुन् भने प्रतियोगिताको लागि समग्र प्रस्तुतिका लागि फेसन कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिएका थिए । सहभागिहरुको फोटो तथा भिडियो सेसन मोमेन्टो स्टुडियोले सम्हालेको थियो ।


