Wednesday 10 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौँ, ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा मात्र अहिलेसम्म करिब ४० करोडको व्यवसाय गरिसकेको छ । फिल्मको प्रदर्शन अझै जारी छ । फिल्मको व्यवसाय राम्रो भइरहँदा यसमा समेटिएका गीतले समेत राम्रो भ्युज पाइरहेका छन् ।

यस्तैमा फिल्मका ‘रैयाँ चाँदीको’ गीतले युट्युबमा एक करोड भ्युज पाएको छ । आशिष अविरल र मेलिना राईको स्वर रहेको गीतले एक महिनामा १० मिलियन भ्युज पाएको हो । नवराज पन्तको शब्द तथा आशिष अविरलकै संगीत रहेको गीत दोहोरी ब्याटल शैलीको छ । गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार विजय बराल र अञ्जना बराइलीसहित मुकुन भुसाल, बुद्धि तामाङ लगायत देखिएका छन् ।

सरोज पौडेल निर्देशित ‘पूर्णबहादुरको सारङ्गी’ बिहीबारदेखि चौथो सातामा प्रवेश गरेको छ । फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय