Wednesday 10 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

हालै क्याम्बोडियाको नोम पेन्हस्थित कोह पीच थिएटरमा सम्पन्न भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस प्लानेट इन्टरनेसनल २०२४ को फाइनल प्रतिस्पर्धामा नेपालको तर्फबाट सहभागिता जनाएकी अनिशा पराजुलीले मिस ह्युमानिटी अवार्ड जित्न सफल भएकी छिन् । प्रतियोगितामा उनले टप ट्वेन्टी सेभन सम्मको यात्रा पनि तय गरेकी थिइन् ।

पेशाले मानसिक स्वास्थ्य नर्स अनिशा हाल वीर नर्सिङ क्याम्पसमा स्नाकोत्तर अध्ययन गरिरहेकी छिन् । यस अघि उनले काठमाडौंमा नेक्स्ट मोडल्स नेपालद्वारा आयोजना गरिएको नर्सिङ पेशामा समर्पित प्रतियोगिता मिस नेपाल पिसमा फस्ट रनर अप उपाधि जितेकी थिइन् । यही उपलब्धीले अनिशालाई मिस प्लानेट नेपाल २०२४ को रुपमा प्रस्तुत गरेसंगै उनले मिस प्लानेट इन्टरनेसनल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गरेकी हुन् । सो प्रतियोगितामा सहभागि हुनुअघि अनिशाले संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण प्राप्त गरेकी थिइन् ।

मिस प्लानेट इन्टरनेसनल २०२४ उपाधि विजेताको ताज युएईकी माहरा लुट्फीले पहिरिएकी थिइन् भने इन्डोनेशियाकी ओला लेभिनालाई एन्जल प्लानेट इन्टरनेसनल २०२४ का रुपमा चयन गरिएको थियो । मिस प्लानेट इन्टरनेसनल सौन्दर्य प्रतियोगिता संयुक्त राष्ट्रसंघको दिगो विकास लक्षहरुको प्रगतिलाई अघि बढाउन समर्पित अभियान हो जसले हाम्रो ग्रहको संरक्षण र मानवताको रक्षा गर्ने उद्देश्यलाई प्रवद्र्दन गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय