Wednesday 10 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

गरगहनाको दुनियाँमा आफ्नै वेग्लै पहिचान बनाएको क्लासिक डायमन्ड ज्वलेर्सले आयोजना गरेको मोडलिङ प्रतियोगिता फेश अफ क्लासिक डायमण्डको पाँचौ संस्करणको विजेताका रुपमा पुर्णिका सिजापति चयन भएकी छिन् । दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा आयोजना गरिएको यस प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा विजेता चयन भएसंगै पुर्णिकाले नगद पुरस्कार रु एक लाख पचास हजार सहित एक वर्षका लागि क्लासिक डायमण्ड ज्वलेर्सको ब्राण्ड एम्बेसडर बन्ने अवसर जुराएकी छिन् । प्रतियोगितामा स्मृति श्रेष्ठ फस्ट रनर अप तथा उरुषा भण्डारी सेकेन्ड रनर अप चयन गरिएका थिए । स्मृतिले नगद पुरस्कार रु एक लाख तथा उरुषाले नगद पुरस्कार रु पचास हजार प्राप्त गरेका थिए ।

प्रतियोगितामा स्मृतिले वेष्ट वाकको अवार्ड पनि जितेकी थिइन् भने मोस्ट पपुलर ब्राइड अवार्ड सुबुना थापाले हात पारेकी थिइन् । विजेताहरुले आगामी माघ ४ र ५ गते राजधानी शहरमा आयोजना हुने टाइमलेस प्यारागन ज्वेलरी फेसन शोमा सहभागिता जनाउने छन् उनीहरुले प्राप्त गर्ने पुरस्कार र सम्मान पनि सोही कार्यक्रममा प्रदान गरिनेछ । कार्यक्रमको कोरियोग्राफी भारतीय कोरियोग्राफर रेहान शाहले गरेका थिए । यस अघि ओसिमा बानु, अश्मी श्रेष्ठ, मुना गौचनले फेस अफ क्लासिक डायमण्डको उपाधि जितिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय