Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

काठमाडौं, अन्तर्राष्ट्रिय मोडलको छवि बनाउन सफल नेपाली ट्रान्सजेन्डर रनवे मोडल अन्जली लामा वाउ म्यागाजिनको पछिल्लो संस्करणको कभर पेजको शोभा बनेकी छिन् । बौद्धस्थित हायात रिजेन्सी होटलमा गरिएको फोटोशुट फेसन फोटोग्राफर मिलन लामाले गरेका हुन् । मनमोहक पहिरनमा सजिएकी अन्जलीलाई कभर पेजमा बसुन्धरा कलेक्सनका फेसन डिजाइनर सविन ढुंगानाले तयार पारेको पहिरनमा सजिएको देख्न सकिन्छ । उनको सौन्दर्यमा मेकअप र हेयर स्टाइलिङबाट निखार ल्याउने काम मेकअप आर्टिष्ट सोफी सुनुवारले गरेकी छिन् । कभर फोटोशुटका लागि अन्जली फेसन र स्टाइलिङको निर्देशन भने साधना रानाभाटले गरेकी हुन् । संयोगले अन्जलीको वार्डरोब डिजाइनर सविन र अन्जलीको स्टाइलिङ गर्ने साधना दुवै जना नमूना कलेज अफ फेसन टेक्नोलजीबाट फेसन डिजाइनिङ स्नातक गरेका फेसन ग्राजुएटहरु हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय