Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

गुल्मी, गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार बजारमा यही पुस १२ देखि २१ गतेसम्म पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । दोस्रो मुसिकोट महोत्सवका अवसरमा मुसिकोट नगरपालीकामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

गुल्मी मुसिकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिताको विजेताले रु दुई लाख एक हजार, दोस्रो हुनेले रु एक लाख एक हजार र तृतीय हुने टोलीलाई रु ५१ हजार पुस्कार प्रदान गरिने महोत्सवका खेल संयोजक लक्ष्मण फुल्लेलले जानकारी दिनुभयो । प्रतियोगितामा एक दर्जनभन्दा बढी टोली सहभागी हुने बताइएको छ । महोत्सवमा भलिबलका साथै स्थानीय कृषि उपज, स्थानीय घरेलु वस्तु, शैक्षिक सामग्री, स्थानीयस्तरमा रहेका पम्परागत झाँकीको प्रदर्शनी, नृत्य प्रतियोगीतालगायत कार्यक्रम गर्न लागिएको गुल्मी मुसिकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपीकृष्ण खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय