हिमालयन मुभिज् प्रोडक्सन हाउसको ब्यानरमा संचालन भएको ११औं संस्करणको मिसेस् हिमालयन नेपाल २०२४ को शीर्ष उपाधि बनेकी छिन्, काठमाडौं थलीकी सौन्दर्यकर्मी कविता विशुंखे । विजेताको रुपमा कविताले सन् २०२५ मा जापानमा सम्पन्न हुने नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेसनल अवार्डमा एन्ट्री प्याकेज पनि प्राप्त गरेकी छिन् । कविता विजेतासंगै मोस्ट इन्टेलिजेन्ट अवार्डको पनि हकदार बनिन् । कार्यक्रममा मोस्ट कन्फिडेन्ट अवार्डको विजेता संगै सारिका महतो फस्ट रनर अप तथा मोस्ट डिलाइटफुल, पब्लिक च्वाइस भिडियो र मोस्ट पपुलर, अवार्ड विजेता संगै सुशिला न्यौपाने सेकेन्ड रनर अप चयन भएका छन् ।

ललितपुर च्यासलस्थित ज्यापु प्रज्ञा भवनमा संचालन भएको सो कार्यक्रममा तारा विश्वकर्मा मोस्ट डिलिजेन्ट, सर्जुना शाही मोस्ट स्मार्ट, मनशोभा महर्जन मोस्ट एक्टिभ, सरस्वती थापा मगर वेष्ट ट्यालेन्ट, सुजिता गुरुङ वेष्ट पर्सनालिटी, निर्मला चौधरी मोस्ट प्यासनेट, शोभा चौलागाईं दंगाल मोस्ट डिसेन्ट, भुमा तामाङ मोस्ट गे्रसफुल तथा रेखा भट्टराई वेष्ट फोटोजेनिक छनौट भएका थिए । विभिन्न नृत्य प्रस्तुतिहरुबाट मनोरञ्जनात्मक बनेको सो प्रतियोगितात्मक कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता, मोडल तथा फेसन कोरियोग्राफर दिक्पाल कार्की, अभिनेता एवं इभेन्टकर्मी सिद्धार्थ सिंह, कस्मेटोलोजिस्ट डा. रेखा थापा, मिसेस् मंगोल नेपाल २०२४ प्रतिभा पुलामी मगर तथा मिसेस् नोवेल नेपाल २०२४ सिरोसा सापकोटा रहेका थिए । कार्यक्रमको कोरियोग्राफी फेसन कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिइ्न ।


