काराओको इन्टरटेन्मेन्टको आयोजना संचालन भएको मिस नेसनल २०८१ को फाइनल प्रतिस्पर्धामा सुजिता खड्गीले शीर्ष उपाधिको ताज पहिरिन सफल भएकी छिन् । उनलाई पूर्व कुमारी समेत रहिसकेकी मिस नेसनल उपाधि विजेता समिता बज्राचार्यले विजेताको ताज पहि¥याइ दिएकी हुन् । सुजिताले मुख्य उपाधि बाहेक ट्यालेन्ट र क्याटवाक विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित पारेकी थिइन् । प्रतियोगितामा आशिका तामाङ फस्ट रनर अप तथा रिमी अवाले सेकेन्ड रनर अप चयन गरिएका थिए भने सन्जिला शाक्यले वागमती प्रदेश विजेता ताज पहिरिन सफल भइन् । प्रतियोगितामा सन्ध्या तामाङ मिस फिटनेस, सलिना तामाङ मिस डिसिप्लीन तथा प्रविता तामाङ मिस स्मार्टका रुपमा घोषणा गरिएका थिए ।

काराओके इन्टरटेन्मेन्टका खगेश रन्जितकार आयोजक रहेको सो प्रतियोगित्मक कार्यक्रममा पूर्व एसएसपी एवं कार्यक्रम आयोजनाका मुख्य सल्लाहकार दिपक रंजीतको प्रमुख आतिथ्यता रहेको थियो भने गायिका बुनु राई मानन्धर, फेसन डिजाइनर सबी स्थापित, मेकअप आर्टिष्ट आशा डंगोल के.सी., तामाङ चलचित्रकी अभिनेत्री एवं मिस तामाङ प्रतियोगिताका आयोजक रंजीता लामा, संचारकर्मी विमल श्रेष्ठ, क्यास्ट्रोल कम्पनीका सीएमओ अमर ज्योति रंजीत निर्णायकका रुपमा उपस्थित थिए । मिस नेसनल विजेता समिता बज्राचार्य र मिस नेवाः वल्र्ड विजेता लरिसा शाहीको कार्यक्रममा विशेष अतिथितको रुपमा उपस्थिति रहेको थियो । कमलपोखरी स्थित रसियन कल्चरल हाउसमा सम्पन्न प्रतियोगिताको कोरियोग्राफी तथा संचालन संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन् ।


