Saturday 29 August 2026 / आईतवार, १४ भाद्र २०८३

काठमाडौँ, असोज दोस्रो साताको बाढीबाट क्षतिग्रस्त च्यासल रंगशाला तथा फुटबल मैदान तीन महिनापछि बनाउन सुरु गरिएको छ। सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब च्यासल युथ क्लबको समन्वयमा आजबाट रंगशाला बनाउन सुरु गरिएको हो।आगामी बी डिभिजन लिगका लागि क्लबले यही मैदानमा तयारी गर्ने अध्यक्ष रमेश व्यञ्जनकारले जानकारी दिए। सरकारले वैकल्पिक रंगशालाको रूपमा निर्माण गरेको रंगशाला वर्षाकै कारण बेहाल अवस्थामा थियो। मैदान क्षतविक्षत भएपछि खेल गतिविधि रोकिएका थिए।बाढीका कारण सबैजसो संरचना अस्तव्यस्त छन्। रंगशालाको भुइँ तहको सबै सजावट बाढीले तहसनहस पारेको छ। करोडौँ खर्चिएर निर्माण गरेको रंगशालाको प्यारापिटमा समेत क्षति पुगेको छ। बाढीका कारण रंगशालाको मैदानभरि ढुंगा–माटोसहितको फोहोर थुप्रिएको छ।

भ्याटबाहेक २८ करोड खर्चिएर निर्माण भएको रंगशालामा बाढी छेक्ने पर्खाल नलगाएका कारण ठुलो क्षति पुगेको थियो। तत्काललाई अभ्यास गर्न मिल्ने गरी मैदान तयार गरिँदै छ।तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ फागुन ०७९ मा रंगशालाको उद्घाटन गरेका थिए। रंगशाला निर्माणपछि सहिद स्मारक ए डिभिजन लिगको खेल यहीँ आयोजना भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय