फेसन डिजाइनरहरुमा केन्दि«त प्रतियोगिता द नेसनल डिजाइनर रनवेको पाँचौ संस्करणको उपाधि जित्न सफल भएका छन् फुङ्देन हाङ लिम्बु । भक्तपुरस्थित ईम्पेरियल ब्याङ्क्वेटमा सम्पन्न प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा सहभागि प्रतिस्पर्धी फेसन डिजाइनरहरु मध्ये एक्लो पुरुष फेसन डिजाइनर फुङ्देनले तयार पारेको पार्टी वेयर थीम अन्तर्गतको पहिरनहरु उत्कृष्ट ठहरिएको थियो । उनको सृजनालाई मोडलद्वय ज्योति खड्का र रेचल मगरले आकर्षक ढंगबाट प्रस्तुत गरेका थिए । प्रतियोगितामा सबी श्रेष्ठ फस्ट रनर अप, ओमान कुमारी लाकान्द«ी सेकेन्ड रनर अप तथा सजिना मुनिकार मोष्ट पपुलर विधामा विजेता चयन भएका थिए । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका उप सभामुख इन्दिरा राना मगर मुख्य पुरस्कार प्रदान गरेकी थिइन् । राज्य मिडिया नेटवर्कको आयोजना तथा एभेन्टोज नेपालको प्रस्तुतिमा सम्पन्न उक्त प्रतियोगिता आयोजक संस्थाका सिईओ डेभिल सिंह राजपुतको अवधारणा र निर्देशन, राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगितामा संजीव कसजुको बजार व्यवस्थापन, परमानन्द चौधरीको व्यवस्थापन तथा शैलेश नेपालीको संयोजन रहेको थियो ।

सहभागि १४ डिजाइनरका २८ पहिरनहरुको सृजना र प्रस्तुतिकरण मुल्यांकन फेसन डिजाइनरत्रय निशा श्रेष्ठ, सविन ढुंगाना, ज्वालाराज पोखरेल, फेसनविज्ञ समेत रहेका संचारकर्मी शोभा श्रेष्ठ, फेसन शिक्षा उद्यमी सुर्यदीप घतानी तथा फेसन उद्यमी मनिशा डंगोल श्रेष्ठको निर्णायक मण्डलले गरेको थियो । कार्यक्रमको कोरियोग्राफी एवं संचालन संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए । क‘ार्यक्रममा जुली शाह, सरिता श्रेष्ठ, मेनुका रानाको कलेक्सन पनि रनवेमा प्रस्तुत गरिएको थियो । आईआईएफटीको स्टाइलिङ प्रोजेक्ट अन्तर्गतको कलेक्सन पनि कार्यक्रमको आकर्षण बनेको थियो ।


