Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

पूर्वाञ्चल विश्वविद्यालयको ३१औं वार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहमा नमूना कलेज अफ फेसन टेक्नोलोजीलाई उत्कृष्ट कलेजको रुपमा सम्मानीत गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत् सम्बन्धन प्राप्त गरी नेपालमै पहिलो पटक फेसन टेक्नोलोजी जस्तो फरक विधाको शैक्षिक कार्यक्रम मार्फत् गुणस्तरी व्यवसायिक उच्च शिक्षा प्रदान गर्दै आएको नमूना कलेज अफ फेसन टेक्नोलोजीले विश्वविद्यालयको प्राज्ञिक गरिमा बढाउन पु¥याएको योगदानको मुल्यांकनका आधारमा ३१औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कलेजका रुपमा छनौट गरिएको हो । उक्त अवसरमा कलेजका तर्फबाट संस्थापक प्रिन्सीपल श्रीमती ज्ञानी शोभा तुलाधरले उक्त सम्मान ग्रहण गरेका थिए भने पूर्वाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा.विजु कुमार थपलिया तथा रजिष्ट्रार निलमणी पोखरेलले उक्त सम्मान हस्तान्तरण गरेका थिए । यस अघि गत वर्ष नमुना कलेजलाई हायर एजुकेशन रिभ्यु नामक भारतीय प्रकाशनले इन्टरनेसनल कलेज अफ द इयर २०२२बाट सम्मानीत गरेको थियो भने भारतमा आयोजित सेकेन्ड एनुयल वल्र्ड सिग्नेचर अवार्डस् २०२३ अन्तर्गत नमूना कलेजलाई मोस्ट प्रोमिनेन्ट फेसन डिजाइनिङ कलेज इन नेपालको सम्मान प्राप्त भएको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत् सम्बन्धन प्राप्त गरी नेपालमै पहिलो पटक फेसन टेक्नोलोजी विषयमा व्यवसायिक उच्च शिक्षा प्रदान गर्ने उद्देश्य सहित सन् २००२मा नेपालकै अग्रणी फेसन उद्यमीका रुपमा परिचय बनाउन सफल श्रीमती ज्ञानी शोभा तुलाधरको अगुवाईमा नमूना कलेज अफ फेसन टेक्नोलोजी, एनसीएफटीको स्थापना भएको हो । तीन वर्षको स्नातक तहको ब्याचर इन फेसन डिजाइन, बिएफडी कोर्ष अन्तर्गत फेसन डिजाइनिङमा स्नातक तहको व्यवसायिक एवं व्यवहारिक शिक्षा अध्यापन गराउने नेपालकै पहिलो फेसन कलेजका रुपमा अगाडि बढेको नमूना कलेजले सन् २०१६ देखि ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट, बिएफडीएम कार्यक्रम अन्तर्गत आफ्नो फेसन अध्यापनलाई ४ वर्षको शैक्षिक कार्यक्रममा रुपान्तरण गरेको हो ।

आफ्नो स्थापनाको २२ वर्षको यात्रामा यस कलेजले १८ औं ब्याच सम्मको फेसन डिजाइनिङ विधामा दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । हाल नयाँ शैक्षिक सत्र अन्तर्गत २३औं ब्याचका विद्यार्थीहरुको कक्षा आरम्भ भएको यस कलेजको १९ औं ब्याचका ८९जना विद्यार्थीहरुले आफ्नो ग्राजुएसन फेसन शोको तयारी अगाडि बढाएको छ । कलेजको १९औं ग्राजुएसन फेसन शो ‘अनुकल्पित प्रभानम्’ शीर्षक अन्तर्गत आगामी २८ मार्चका लागि तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय