Friday 10 July 2026 / शुक्रबार, २६ असार २०८३

काठमाडौं– अनुसा सिनेउड पिक्चर्सको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘कुस्ती’ र आइ.आइ.एफ.टी. स्कुल अफ फेसन डिजाइनिङबीच सम्झौता भएको छ। मंगलबार आयोजित कार्यक्रममा चलचित्रका लागि आवश्यक सम्पूर्ण पहिरनहरू आइ.आइ.एफ.टी.का विद्यार्थीहरूले डिजाइन गर्ने सहमति गरिएको हो।

सम्झौता हस्ताक्षर कार्यक्रममा चलचित्रका निर्देशक अनिल योञ्जन, मुख्य कलाकार धीरज मगर र मेरुना मगरको उपस्थिति थियो। निर्देशक अनिल योञ्जन र आइ.आइ.एफ.टी.का पदाधिकारीहरूले औपचारिक रूपमा सम्झौतापत्रमा हस्ताक्षर आदानप्रदान गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय