Monday 25 May 2026 / मंगलवार, १२ जेष्ठ २०८३

काठमाडौँ, चलचित्र ‘एक्टरः टेक वन’को प्रिमियर गरिएको छ । सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाज्मा गरिएको प्रिमिएरमा फिल्मकर्मी, कलाकार र रंगपत्रकारको बाक्लो उपस्थिति थियो । प्रिमिएरमा सहभागीले कलाकारको अभिनय र फिल्मको प्रशंसा गरे ।प्रिमिएरमा आकर्षणको केन्द्र फिल्मका कलाकार प्रदीप खड्का, राजबल्लभ कोइराला, अन्ना शर्मा र दिव्या रायमाझी भए । सहिद दिवसको विशेष अवसर पारेर माघ १६ गते, बुधवारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको हो ।

फिल्मको निर्देशक राजन भुसालले गरेका हुन् । फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारको मुख्य अभिनय छ । आकाश बराल र राजन भुसालको लेखन रहेको फिल्म अधृत फिल्मस् र अ मोती फिल्मको संयुक्त प्रस्तुतिमा निर्माण भएको हो ।

थमन कुमार भण्डारी निर्माता रहेको फिल्मका क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय