Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

ललितपुरको च्यासल स्थित ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न भएको विवाहित महिलाहरुमा केन्दि«त सौन्दर्य प्रतियोगिता मिसेस् नोबेल नेपाल २०२५ को ताज पहिरिन सफल भएकी छिन् काठमाडौं बसुन्धारा निवासी सौन्दर्यकर्मी सन्ध्या लामिछाने । उनले मोस्ट इन्टेलिजेन्ट विधाको अवार्ड पनि प्राप्त गरिन् । विजेता भए संगै जापानमा संचालन हुने नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२५का लागि एन्ट्री प्याकेजको पुरस्कार पनि प्राप्त गर्न सफल भइन् । हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा आयोजना गरिएको सो प्रतियोगितामा सर्वण जोशीले फस्ट रनर अप स्थान हासिल गरिन् भने उनी वेष्ट ट्यालेन्ट विधाको पनि विजेता चयन भएकी थिइन् । सेकेन्ड रनर अप विजेताका रुपमा रेखा भट्टराई छनौट भएकी थिइन् । उनले मोस्ट पपुलर, पब्लिक च्वाइसका साथमा मोस्ट अट्राक्टिभ विधाको अवार्ड पनि प्राप्त गरिन् ।

फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफी अन्तर्गत सम्पन्न सो प्रतियोगितामा कल्पना विक मोस्ट स्मार्ट, प्रिति खड्का वेष्ट फोटोजेनिक, आकांक्षा गजमेर वेष्ट वाक, शर्मिला थापा मोस्ट डिलिजेन्ट, निर्मला चौधरी मोस्ट चार्मिङ, सीमा ढुंगाना मोस्ट प्यासनेट तथा पेशल कुमारी मोस्ट कन्फिडेन्ट अवार्डमा विजेता चयन भएका थिए । प्रतियोगितामा अभिनेता एवं चलचित्र निर्माता रमेश उप्रेती, मोडल एवं अभिनेता मनिश राउत, मिस नेपाल आइडल २०१९ निमा ल्हामु शेर्पा, ब्युटिसियन नेपाल २०२१ सजना खतिवडा र मिसेस् हिमालयन नेपाल २०२४ कविता विशुंखे निर्णायकका रुपमा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय