सशक्त महिला हुनुको अर्थ तपाईका लागि के हो ? भन्ने निर्णायक प्रश्नको सटिक, सान्दर्भिक र उत्कृृष्ट उत्तर दिएसंगै प्रतियोगि अंक १ भिरेकी ललितपुर महानगरपालिका १६ निवासी प्रलिशा शाक्यले नेपाल टेलिकम मिस नेवाः ११४५ को ताज आफ्नो शीरमा सजाउन सफल भएकी छिन् । विजेता भए संगै प्रलिशाले नगद पुरस्कार रु एक लाख सहित नेपाल क्यान्सर रिलिफ सोसाइटीका लागि सद्भावना दूतका रुपमा नियुक्ति पनि प्राप्त गरेकी छिन् । प्रलिशालाई गत वर्षकी मिस नेवाः विजेता सकिना महर्जनले विजेताको ताज पहि¥याइ दिएकी थिइन् । प्रलिशाले यस अघि सन् २०१३ मा मिस लिटिल नेवाः उपाधि जित्न सफल भएकी थिइन् । संचारक्षेत्रमा सक्रिय रहँदै आएकी प्रलिशाले मिस नेवाः ११४५ को मुख्य उपाधि बाहेक वेष्ट नेपाल भाषाको उपाधि पनि जित्न सफल भइन् ।

नेवार समुदायको समृद्ध साँस्कृतिक पक्षको महत्वलाई उजागर गर्दै यसको सम्वद्र्धन र प्रवद्र्धनमा योगदान दिने मुख्य उद्देश्य सहित साँस्कृतिक अभियानका रुपमा सन् २००५ बाट आयोजनाको थालनी भएको मिस नेवाः प्रतियोगिताको आयोजना हेमा मानन्धरको अगुवाईमा नेप्लीज फेसन होम, एनएफएच इभेन्ट्सको आयोजना तथा फाइट फर लाइफ नेपालको सहआयोजनामा सम्पन्न भएको हो । राजधानीको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा सम्पन्न फाइनल प्रतिस्पर्धामा २० जना नेवार युवतीहरुको सहभागिता रहेको थियो । प्रतिस्पर्धामा चन्द«ागिरी नगरपालिका, नैकापकी लुनिभा मानन्धर फस्ट रनर्स अप तथा काठमाडौं चःमतिकी लुमना महर्जन सेकेन्ड रनर्स अप विजेता चयन भए । उनीहरुले क्रमशः नगद पुरस्कार रु २५ हजार तथा रु १५ हजार प्राप्त गरेका थिए । नमूना कलेज अफ फेसन टेक्नोलजीका २० औं ब्याचका विद्यार्थी फेसन डिजाइनरहरुले तयार पारेका सुन्दर एवं मनमोहक पहिरनहरुमा सजिएका मिस नेवाः ११४५ का प्रतिस्पर्धीहरुको व्यक्तित्वलाई रोज ब्युटी एकेडेमी र स्टेला मेकअप स्टुडियोको मेकअप टिमले अझ आकर्षक बनाएका थिए । पहिरन सृजनाकर्ताको पनि मुल्यांकन मार्फत् उनीहरुको सृजनालाई पुरस्कृत गरिएको थियो । जस अन्तर्गत अस्मिता श्रेष्ठले तयार पारेको पहिरनलाई प्रथम पुरस्कार प्रदान गरिएको थियो भने अनिता कुमारी बमजन र पुष्पा कँडेलको पहिरनले द्धितिय तथा समृद्धि महर्जन, पुर्णिमा सेन र स्वस्तिका श्रेष्ठको सृजनाले तृतिय पुरस्कार प्राप्त गरेको थियो ।

प्रोफेसर डा. विमला शाक्यको सभापतित्वमा संचालन भएको प्रतियोगितामा वरिष्ठ राजनीतिकर्मी पशुपति शमशेर जबराको प्रमुख आतिथ्यता रहेको थियो । संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यको उद्घोषण तथा कोरियोग्राफी, राजु नापितको नेपाल भाषा तथा लिपि प्रशिक्षण रहेको सो प्रतियोगितामा मिस नेवाः ११४१ विजेता कृषा महर्जनले मुख्य संयोजक तथा मिस नेवाः ११४३ का विजेता सकिना महर्जन र सोसल वेलफेयर एम्बेसडर चिफ ११४२ तिमिला महर्जनले संयोजकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगिता श्रद्धा महर्जनले मिस ट्यालेन्ट र सोसल वेलफेयर सेकेन्ड रनर्स अप, अनुश्री शाक्यले मिस ट्यालेन्ट फस्ट रनर अप तथा श्रीया मानन्धरले मिस ट्यालेन्ट सेकेन्ड रनर्स अपको उपाधि जितेका छन् । कार्यक्रममा रोनिशा महर्जन सोसल वेलफेयर एम्बसेडर चिफको उपाधि विजेता बनिन् भने डिबिना डंगोल सोसल वेलफेयर एम्बेसडर फस्ट रनर्स अप बनिन् । अन्य उपाधितर्फ प्रसिद्धि शाक्य डिसिप्लीन, अल्पा महर्जन पब्लिक च्वाइस, प्राश्ना श्रेष्ठ वेष्ट डे«स, रितिशा बज्राचार्य कल्चर, संस्कृति श्रेष्ठ कन्फिडेन्ट, सुभेक्षा श्रेष्ठ पर्सनालिटी, रिम्शा श्रेष्ठ वेष्ट हेयर, रमुना बज्राचार्य वेष्ट स्किन, कुन्ता श्रेष्ठ फोटोजेनिक, अनुषा बज्राचार्य स्माइल, सुवास्ना श्रेष्ठ चार्मिङ तथा रुजी शाक्य फ्रेन्डशीप विधामा विजेता निक्र्यौल गरिएका थिए ।
उप्रती समाज सेवा समितिका अध्यक्ष सोवित उप्रेती तथा वरिष्ठ अभिनेता मदन दास श्रेष्ठको विशेष आतिथ्यता रहेको सो प्रतियोगिताको मुख्य निर्णायकका रुपमा सरस्वती बहुमुखी क्याम्पसका पूर्व प्रमुख दिव्या लक्ष्मी बज्राचार्य रहेकी थिइन् । प्रतियोगिताको निर्णायक मण्डलमा अधिवक्ता समेत रहेका माँ बंगलामुखी उपभोक्ता सहकारी संस्थाका अध्यक्ष लक्ष्मण महर्जन, लायन्स इन्टरनेसनल क्लब ३२५ एलका पूर्व डिस्ट्रिक्ट गभर्नर लायन मणिश्री रत्न बज्राचार्य, पूर्वाञ्चल विश्वविद्यालयको फेसन प्रविधि विषय समितिको अध्यक्ष समेत रहेका नमूना कलेज अफ फेसन टेक्नोलजीका भाइस प्रिन्सीपल जिवेश्वर लाल श्रेष्ठ, एलसीसीआईका पूर्व अध्यक्ष अजर मान जोशी, नेपाल लिपी गुठीका अध्यक्ष अनिल स्थापित, एसओ नेपाल अध्यक्ष डा. शिक्षिता श्रेष्ठ तथा मिस नेवाः ११३४ विजेता एवं नेपाल वायुसेवा निगमका एयर होस्टेस् एलिशा बज्राचार्य रहेका थिए ।


