Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

तामाङ समुदायको मौलिकता, जातियता र साँस्कृतिक परिवेश भित्र रहेर संचालन हुँदै आएको साँस्कृतिक सौन्दर्य प्रतियोगिता मिस तामाङको १६ औं संस्करणको उपाधि जित्न सफल भएकी छिन् नुवाकोट निवासी अन्जु थोकर तामाङ । महाशिवरात्रीका दिन राजधानी शहरको प्रज्ञा भवनको डबलीमा संचालन भएको फाइनल प्रतिस्पर्धामा अन्जुले गत वर्षको विजेता रिया लामाको हातबाट मिस तामाङ २०२५ को ताज पहिरिएकी हुन् । अन्जुले प्रतियोगितामा मिस फोटोजेनिकको उपाधि पनि जित्न सफल भइन् । प्रतियोगितामा सर्लाहीकी मोनालिसा थिङ तामाङ फस्ट रनर अप, बुढानिलकण्ठकी प्रियंका पाख्रीन तामाङ सेकेन्ड रनर अप तथा दोलखाकी सुस्मिता पाख्रीन तामाङ थर्ड रनर अप चयन भएका थिए ।

मम्स इन्टरनेसनल नेपालका लागि रंजीता लामा आयोजक रहेको प्रतियोगितामा सहभागिहरुको स्वागत नृत्य प्रस्तुतिको निर्देशन आमिर दोङले गरेका थिए भने कार्यक्रमको कोरियोग्राफीको अविभारा संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेका थिए । प्रतियोगितामा भूमिका स्याङ्बो तामाङले वेष्ट स्माइल, याङ्जु डोल्मा ग्याबा तामाङले मिस डिसिप्लीन, सुजिना थिङ तामाङले वेष्ट ड्रेस, प्रियंका पाख्रीन तामाङले भ्युअर्स च्वाइस अवार्ड, एन्जिला लोप्चन तामाङले मल्टिमिडिया, समिक्षा घलान तामाङले मिस कन्फिडेन्टको विधाको अवार्ड जितेका थिए । यसैगरी प्रतियोगितामा सम्झना मोक्तान तामाङ वेष्ट वाक, अस्मिता दोङ तामाङ वेष्ट हेयर, सुस्मिता पाख्रीन तामाङ ट्यालेन्ट तथा सिनोरा वाइबा तामाङ पर्सनालिटी विधामा उत्कृष्ट ठहरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय