Tuesday 25 August 2026 / मंगलवार, ९ भाद्र २०८३

काठमाडौं, सिजन मिडियाद्धारा आयोजना गरिएको जुनीयर स्कूल प्रिन्सेस २०२५मा सहभागी प्रतियोगीहरुले लाज शरणम् नेपाली फिल्म हेरेका छन ।
उक्त फिल्म आयोजक सिजन मिडियाले सहभागी प्रतियोगीहरुलाई नेपाली फिल्मको बारेमा अहिलेका नयाँ पुस्ताका बालबालिकाहरु र अभिभावकहरुलाई संगै राखेर देखाइएको थियो ।

नेपाली फिल्मलाई प्रोत्सानका लागि साथै हाम्रो देशमा खान नपाएर दुर्गम ठाउँहरुमा अकालमा मृत्यु भइरहेको बालबालिकाहरुमा हुने गरेको कुपोषणको बारेमा जनचेतनाका लागि पनि फिल्म देखाएको आयोजक सस्थाकी कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताए ।

फिल्म लोकप्रिय हास्य टिभी सिरियल सक्किगोनि टिमले निर्माण गरेको हो । उक्त फिल्म हेर्नको लागि अर्जुन घिमिरे पाँडे र सिताराम कट्टेल धुरमुस र निर्माता नवीन श्रेष्ठ को पनि उपस्थिति रहेको थियो । उक्त चलचित्र हाल ४६औं दिनमा चलिरहेको छ । चलचित्र हेरी सकेपछि प्रतियोगी लगायत अभिभावकले समसामयिक कथामा व्यङ्ग्य मिसाएको मन परेको प्रतिक्रिया दिए । भने सुन्दर कर्णालीको दृश्यले पनि मन छोएको बताए, कर्णालीका दुःख चलचित्रमा देखेर प्रतियोगीहरु दुखी पनि भएको वताए । जुनीयर स्कूल प्रिन्सेस २०२५को अन्तिम प्रतियोगीता आगामी २०८२ साल बैसाख ८ गते राष्ट्रिय नाचघर जमलमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय