प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता युनाइटेड नेसन्स प्याजेन्टस् नेपाली संस्करण सम्पन्न भएको छ । प्रतियोगितामा मृनल श्रेष्ठले मिष्टर टिन युनाइटेड नेसन्स प्याजेन्टस् नेपालको शीर्ष उपाधि उचाल्न सफल भए भने आँचल गिरीले मिस टिन युनाइटेड नेसन्स प्याजेन्टस् नेपालको ताज पहिरिन सफल भइन् । सोमबार ललितपुर झम्सिखेल स्थित द प्लाजामा भव्य रुपमा सम्पन्न युनाइटेड नेसन्स प्याजेन्टस् नेपाल २०२५ मा विभिन्न उमेर समूहका महिला तथा पुरुष सहभागिहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा दिपशिखा रुम्बा मिस युनाइटेड नेसन्स नेपालका रुपमा चयन भइन् । प्रतियोगिता अन्तर्गत ईस्मारिका मगर तथा रोहित श्रेष्ठले पब्लिक च्वाइसको अवार्ड प्राप्त गरे भने प्रतिक्षा बस्नेत र आश्रिया तामाङले अर्गनाइजर च्वाइसको अवार्ड जित्न सफल भए ।

स्मार्ट गफका लागि प्रमिला सिलवाल नेसनल डाइरेक्टर तथा रमेश शाही इभेन्ट डाइरेक्टर रहेको सो प्रतियोगितामा डिजाइनरहरु दुर्गा बस्नेत, समिक्षा लामिछाने, बबिता प्रधान र अनिता खाती क्षेत्रीले तयार पारेका विभिन्न पहिरनहरुमा सहभागिहरुले आ आफ्नो प्रस्तुति दिएका थिए । सहभागिहरुको प्रस्तुतिको निर्देशन एवं कोरियोग्राफी फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरेका थिए । प्रतियोगितात्मक कार्यक्रममा विभिन्न नृत्य तथा गीत प्रस्तुति पनि समेटिएको थियो । प्रतियोगिताको निर्णायकको भूमिकामा युनाइटेड नेसन्स प्याजेन्टस्का तर्फ अमेरिकाबाट नेपाल आएका लियन विलियम्स, फेसन डिजाइनर सजिना विष्ट , फेसन फोटोग्राफर सन्जय रौनियार तथा गायिका रेखा शाह रहेका थिए । कार्यक्रममा मुख्य उपाधि विजेताले अमेरिकाको फ्लोरिडा राज्यमा संचालन हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता युनाइटेड नेसन्स प्याजेन्टस् २०२५मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्ने आयोजक पक्षले उल्लेख गरेको छ ।

प्रतियोगितामा विवेक दनुवारले डिसिप्लीन र वेष्ट पर्फमेन्सको अवार्ड जिते भने आँचल गिरी फोटोजेनिक, रोजिना माझी वेष्ट वाक, सृदिका देवान वेष्ट स्माइल, विपना मोक्तान मिस ट्यालेन्ट र सृयान्श श्रेष्ठ मिष्टर ट्यालेन्ट अवार्डका विजेताका रुपमा चयन भएका थिए ।


