रेजिना तुलाधर/यसनेपाली
काठमाडौं, सिजन मिडियाद्धारा आयोजना गरेको जुनियर स्कूल प्रिन्सेस २०२५ कार्यक्रम सम्पर्न भएको छ । उक्त कार्यक्रममा सिनियर ग्रुपवाट शिवंशी गिरी विजेता चएन भइन भने फष्ट रनरअप प्रणविश्री सिंह,सेकेष्ड रनरअप परी गुरागाई, थर्ड रनरअप आर्या गुरुङ र फोर्थ रनरअप प्रकृति दानी भइन भने जुनियर ग्रुपवाट प्राशिया पंगेनी विजेता भइन त्यसै गरि फष्ट रनरअप आस्मी शर्मा,सेकेष्ड रनरअप एमिया गुरुङ, थर्ड रनरअप यूश्री डंगोल र फोर्थ रनरअप संस्कृति राई विजेता बन्न सफल भइन भने सबै विजेताहरुलाई साइकल लगायत विभिन्न उपहारहरु प्रदान गरीएको थियो ।

अन्य विभिन्न सबटाइटलहरुमा क्युट अवार्ड लियोना गुरुङ,इनोसेन्ट अवार्ड आध्या सिपालिया र इभा मर्हजन,स्मार्ट किड्स आभ्या भण्डारी र अनीसा सुवेदी,डिसिप्लीन अवार्ड आकांक्षा भण्डारी, एक्टीभ अवार्ड माइरा सिंह केसी र आकांक्षा भट्टराई ,इन्टेलिजेन्ट अवार्ड आश्मि शर्मा र सिवानी स्याङ्ताङ, पर्सनालिटि कृष्टी कटुवाल र छिरिङ डोल्मा गुरुङ,व्यूटीफुल आई अग्रता पाण्डे ,एन्थुजियास्टीक अवार्ड विद्युशी अर्याल,पोलाइट अवार्ड आयरा मर्हजन ,फोटोजेनीक अवार्ड सोमिया श्रेष्ठ र मान्यता केसी ,चेयरफुल अवार्ड ओलीया श्रेष्ठ, फ्रेन्डसिप अवार्ड खुसी राई वस्नेत, डाइनामिक अवार्ड तनिस्का पौडेल,इनरजेटिक अवार्ड सरिष्ठा नगरकोटी र तारिका खनाल ,सिन्सियर अवार्ड उपास्ना थपलीया र श्रेर्या उप्रेती,एलिगेन्ट अवार्ड आमानी पाण्डे र छेम्वी राई , डेडिकेटेड अवार्ड आरुसी वाम ठकुरी, ग्रेसफूल अवार्ड रेस्ना राई , स्टाइलिस सुवाङ्गी शाह र अनुश्री बुढाथोकी,हार्डओरकीङ जयन्ति राई , डेलिजेन्ट अवार्ड मोना यादव,प्रिटि काव्य श्रेष्ठ,पपुलर च्वाइस प्राशिया पंगेनी र सुहाना मगर, भिर्योस च्वाइस कृतिमा भण्डारी र शिखा सुनार ,कन्फिडेन्स आर्या गुरुङ र मष्ट ट्यालेन्ट कृतिमा भण्डारी र सिंवाङ्गी गिरिले प्राप्त गरेकी थिइन ।

उक्त कार्यक्रममा निर्णायक मण्डलमा एनआरएन उपमहासचिव सोम सापकोटा,पत्रकार विकास थपलिया ,महिला व्यवसायी रमिला आचार्य शर्मा ,म्यूजिक भिडियो डाइरेक्टर आराध्य लक्ष्मि खड्गी,मिसेस व्यूटी क्वीन नेपाल सुदिक्षा आचार्य, जुम्वा प्रशिक्षक सोनाम केसी लगायत रहनु भएको थियो ।

सोही कार्यक्रमको अवसरमा विभिन्न विद्यालयका शिक्षक शिक्षिका तथा पत्रकारहरुलाई शैक्षिक सेवा सम्मान २०८२ वाट सम्मानित गरिएको थियो ।

सम्मानित हुनेहरुमा मातृका वन्त रिमाल प्रधानाध्यापक, श्री अमर प्रा वि , सेखटार व्यास नगरपालिका, तनहु ,रातोपाटीका पत्रकार कृष्णसिंह धामी,नयाँपत्रीकामा कार्यरत पत्रकार शिवहरि घिमिरे, नोवल एकेडेमीका शिक्षक सोभाकर भण्डारी,भक्ति इनटरनेशनल स्कुलका प्रिन्सिपल नवराज भट्टराई,वैदिक स्कुल भक्तपुरका प्रिन्सिपल धरमेन्द्र पिथाकोटी मगर, गोल्डेन पिक स्कूलका प्रवन्ध निर्देशक कला राई लगायतलाई प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगरले सम्मानपत्र प्रदान गर्नु भएको थियो ।




