Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

१६ वर्ष मुनिका बालबालिका लक्षित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता लिटिल मिस एण्ड मिष्टर युनिभर्स २०२५मा नेपाली टिमलाई सफलता प्राप्त भएको छ । युएईको दुबईमा सम्पन्न सो प्रतियोगितामा नेपालका आयुष तिवारीले योङ मिष्टर युनिभर्स २०२५ को उपाधि जित्न सफल भए भने सिक्कुुम हाङमा लिम्बुले मिस ग्राण्ड प्रिक्स २०२५को अवार्डका साथै वेष्ट बल डे«सको अवार्ड जित्न सफल भएकी थिइन् । उनको बल डे«स सोलमेट बुटिकका डिजाइनर फुङदेन हाङ लिम्बुले डिजाइन गरेका थिए ।

प्रतियोगितामा नेपालकी सिया पुन ग्राण्डप्रिक्स फस्ट रनर अप स्थान प्राप्त गर्न सफल भइन् । यसका साथै सियाले सुपर मोडल २०२५ र वेष्ट नेसनल कस्ट्युम २०२५को उपाधि पनि प्राप्त गरिन् । हिमालयको छोरी अवधारणामा तयार भएको उक्त नेसनल कस्ट्युमलाई नमून कलेज अफ फेसन टेक्नोलोजीका ग्राजुएट फेसन डिजाइनरहरु प्रतिक्षा राना, रोशनी अधिकारी, स्वेता रिजाल र ममता रानाले तयार पारेका थिए ।

प्रतियोगितामा नेपालका लागि नेसनल डाइरेक्टर विशाल गुरुङले कल्चर हेरिटेज अवार्ड २०२५ प्राप्त गरेका थिए । यस प्रतियोगितामा नेपालको यो पहिलो सहभागिता हो ।

प्रतियोगितामा लिटिल मिस एण्ड मिष्टर नेपाल २०२५का टाइटल विजेताहरु १४ वर्षिय आयुष तिवारी, महिला तर्फका सिनियर विजेता १४ वर्षिय सिया पुन, जुनियर तर्फका ११ वर्षिय सिक्कुम हाङमा लिम्बु, नेसनल डाइरेक्टर विशाल गुरुङ, अफिसियल कोरियोग्राफर जयन सुब्बा मानन्धर तथा जुनियर नेसनल डाइरेक्टर चेरिस गुरुङको टिमले नेपालतर्फबाट सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय