Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

प्रोमोटिङ् सोलुसन तथा एसजिए फेसन प्रा.लि. अन्तर्गत राजधानी केन्दि«त नेसनल तथा इन्टरनेसनल पे्रmन्चाइज सौन्दर्य प्रतियोगिता एवं फेसन कार्यक्रम आयोजना गर्दै आएका इभेन्ट डाइरेक्टर तथा रमेश जंग शाही र प्रमिला सिलवाल विवाह बन्धनमा बाँधिएका छन् । राजधानी स्थित गोकर्ण फरेष्ट रिसोर्टमा आयोजित वैवाहिक कार्यक्रममा हिन्दु परंपरा अनुसार रमेश र प्रमिलाले वैवाहिक जीवन प्रारम्भ गरेका हुन् ।

मोडल सुपरस्टार, मल्टिमिडिया स्टार, युनिभर्सल स्टार, युनाइटेड नेसन्स प्याजेन्टस् नेपाल लगायतका कार्यक्रमका इभेन्ट डाइरेक्टरका रुपमा सफल प्रस्तुति दिएका रमेशले थाइल्याण्डको बैंकक शहरमा सम्पन्न हेरिटेज इन्टरनेसनल अवार्ड २०२४ अन्तर्गत आउटस्ट्यान्डिङ फेसन इभेन्ट आन्टरप्रिनर अवार्ड प्राप्त गरेका थिए ।

प्रमिला सिलवाल विभिन्न इन्टरनेसनल इभेन्टस्का लागि नेपालका नेसनल डाइरेक्टर रहेकी छिन् भने मोडलका रुपमा विभिन्न कमर्शियल र म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छिन् । रमेश र प्रमिलालाई वैवाहिक जीवनको यात्रा शुभारम्भका लागि हाम्रो तर्फबाट हार्दिक बधाई तथा सुखद दाम्पत्य जीवनका लागि शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय