Monday 23 November 2026 / सोमबार, ८ मंसिर २०८३

काठमाडौँ, ‘कल्ली’ आगामी फागुन १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । सौगात मल्ल, उत्तम प्रधान, बेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारती लगायतका कलाकारको फिल्ममा अभिनय छ । फिल्म नेपाली र हिन्दी दुई भाषामा तयार भइरहेको छ ।फिल्म नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज गर्ने गरेर दुई भाषामा बनाइएको निर्माता किरण नेपालीले बताए । उनले नेपालमा नेपाली र भारत र पाकिस्तानमा हिन्दी भाषामा फिल्म रिलिज हुने भएको जानकारी दिए ।

फिल्मलाई भारतमा एम।के फिल्म डिस्ट्रिब्यूटर, पाकिस्तानमा हिप्पो फिल्मस्ले वितरण गर्नेछन् । नेपालमा भने फिल्मको वितरण काफिया र कुबेर फिल्मस्ले गर्नेछन् । नेपालमा भने फिल्मको हिन्दी भर्सन रिलिज हुनेछैन ।‘कल्ली’ को फस्टलुक सार्वजनिक भएसँगै यसको चर्चा बजारमा राम्रो छ । लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भएको फिल्म हाल पोस्ट प्रोडक्सनमा रहेको छ ।

लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा महेश दवाडीको लेखेका हुन् । लोभ पलाएपछि मानिसको जिन्दगी कहाँबाट कहाँ पुग्छ भन्ने कथामा बनेको यो फिल्ममा आशिष अविरल, सरिता राई र केतन क्षेत्रीको संगीत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय