एस.के इन्टरटेन्मेन्टको आयोजनामा संचालन हुँदै आएको गुरुङ समुदायको विवाहित तथा अविवाहित महिलाहरुमा केन्द्रित सांँस्कृतिक जातिय सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस् गुरुङ २०२५ मा सहभागिताका लागि आवेदन खुल्ला भएको छ । यस अघि तीन संस्करण आयोजना भइसकेको यस प्रतियोगिताको यस पटकको संस्करणमा सहभागिताका लागि कुनै पनि शुल्क नलाग्ने आयोजक पक्षले जनाएको छ । प्रतियोगिताको तयारीका लागि दिइने सबै प्रकारको प्रशिक्षण समेत यस पटक निःशुल्क प्रदान गरिने भएको छ ।

गुरुङको साँस्कृतिक सेरोफेरोमा संचालन हुने यस प्रतियोगिताले गुरुङ समुदायको मौलिक कला संस्कृति, भाषा, भेषभुषाको सम्वद्र्धन तथा प्रवद्र्धनमा योगदान दिंदै सहभागिहरुलाई सबल, सक्षम र सशक्त बनाउने उद्देश्य बोकेको छ । समाजसेवी, राजनीतिकर्मी, महिला उद्यमी तथा अभिनेत्री समेतको परिचय बनाएकी शान्ता कुमारी तामाङको अगुवाईमा आयोजना हुने यस प्रतियोगिताका लागि यही असार २६ गते बिहीबार अर्थात् गुरुपूर्णिमाका दिन अडिसनको मिति तय गरिएको छ । अडिसन सामाखुशी स्थित विशाल मल्टि र्स्पोटस् टे्रनिङ एण्ड टुर्नामेन्ट सेन्टर, विशाल फुटशलमा संचालन हुनेछ ।


