Tuesday 28 July 2026 / मंगलवार, १२ श्रावण २०८३

फेसन डिजाइरका रुपमा सक्रिय रहँदै आएकी जोरपाटी निवासी करुणा भुजेल श्रेष्ठले नवौं संस्करणको क्यापिटल क्वीन नेपालको शीर्ष उपाधि जित्न सफल भएकी छिन् । शीर्ष उपाधिको ताज संगै उनले लन्डनमा संचालन गरिने नेपाल फेसन एण्ड इन्टरटेन्‌मेन्ट अवार्ड २०२६ का लागि इन्ट्री प्याकेज पुरस्कारका रुपमा प्राप्त गर्न सफल भएकी छिन् । प्रतियोगितामा करुणाले वेष्ट फोटोजेनिक र वेष्ट डे्रसको अवार्ड पनि जितेकी छिन् । प्रतियोगितामा अनिता लामा मोस्ट स्मार्ट सहित फस्ट रनर अप तथा मोस्ट डिलिजेन्ट अवार्ड सहित सीता राई सेकेन्ड रनर अपका रुपमा चयन भएका थिए । हिमालय मुभिज् प्रोडक्सन हाउसको ब्यानरमा सम्पन्न उक्त प्रतियोगिता ललितपुरस्थित ज्यापु प्रज्ञा एकेडेमीमा संचालन भएको थियो ।

हिमानी सुब्बाको कोरियोग्राफी एवं निर्देशनमा सम्पन्न सो प्रतियोगितामा रन्जना सिंहले वेष्ट ट्यालेन्ट र वेष्ट मल्टिमिडिया, माया तामाङले वेष्ट पर्सनालिटी, मन्दिरा श्रेष्ठले मोस्ट डाइनामिक, मिना श्रेष्ठ मोस्ट डिलाइफुल, दिना राईले मोस्ट डिसेन्ट, अन्जना राईले मोस्ट एक्टिभ, सन्चिता खत्रीले मोस्ट चार्मिङ र पब्लिक च्वाइस भिडियो, सजिना तामाङले मोस्ड प्यासनेट, गीता राजवंशीले मोस्ट डेडिकेटेड, सीताश्री बस्नेतले मोस्ट ग्रेसफुल र मोस्ट पपुलर विधाको अवार्ड प्राप्त गरेका थिए । महिलाहरुको क्षमता अभिवृद्धि, आत्मविश्वासको विकास, प्रतिभा प्रस्फुटनको उद्देश्य आयोजना गरिएको यस प्रतियोगितात्मक कार्यक्रममा अभिनेत्री एवं मोडल सुष्मा अधिकारी, फेसन डिजाइनर सुक्निता चौलागाईं, मिष्टर ह्यान्डसम नेपाल २०१९ अभिषेक खड्का, क्यापिटल क्वीन नेपाल २०१६ लिला राई तथा मिसेस् डिभा नेपाल २०२५ संगीता अधिकारी निर्णायकको भूमिका उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय