Thursday 15 October 2026 / बिहीबार, २९ आश्विन २०८३

काठमाडौं, साउन १६ गतेदेखि प्रदर्शन तयारीमा रहेको नेपाली फिल्म ‘रियाल रिंगेट’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा नेपाली युवाहरूले अपनाउन बाध्य वैदेशिक रोजगारी र रोजगारीको क्रममा भोग्नुपरेका विभिन्न कठिनाइलाई देखाइएको छ। निर्देशक विभोर पोखरेलले ‘रियाल रिंगेट’ बारे भने, ‘फिल्मले वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीहरूले भोग्नुपर्ने यथार्थ र उनीहरूको जीवनशैलीलाई नजिकबाट चित्रण गर्नेछ।’

फिल्मको नाम ‘रियाल रिंगेट’ आफैमा प्रतीकात्मक छ। ‘रियाल’ कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिंगेट’ मलेसियाको मुद्रा हो। यी दुवै नामको संयोजनले नेपाली श्रमिकहरूको लागि मुख्य गन्तव्य मुलुकहरूलाई संकेत गर्छ, जहाँबाट लाखौं नेपालीहरूले आफ्नो परिवारको गुजारा चलाउन र राम्रो भविष्यको खोजीमा काम गरिरहेका छन्।

फिल्ममा प्रमोद चौलागाईं, नीता ढुंगाना, छुल्ठिम डोल्मा गुरूङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरीलगायत कलाकारहरूको अभिनय छ।फिल्मको लेखन प्रदीप भारद्वाजले गरेका हुन् भने रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी छ। गगनलाल प्रधान निर्माता रहेको यो फिल्मलाई काफिया फिल्म्सले देशभरका हलमा वितरण गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय