Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौँ, तीज नजिकिँदै गर्दा तीज लक्षित गीत संगीत भित्रिने क्रम बढ्दो छ । यस्तैमा गीतकार, गायक, सङ्गीतकार कस्तुप पन्तले तीजलाई लक्षित गर्दै नयाँ गीत ‘पापी तिज–२’ ल्याएका छन् । पन्तकै शब्द तथा संगीत रहेको गीतमा गायिका पूर्णकला बिसीले स्वर दिएकी छन् । सेन्टिमेन्टल शैलीमा तयार गीतमा छोरीले तीजलाई लिएर आमासँग गरेका गुनासाका शब्दहरू समेटिएका छन् । गीतमा एउटा चेलीले तीज नआएनी हुने भन्दै बिलौना गरेकी छन् । गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका हुन् ।

गीतको भिडियो पनि बनेको छ । टिका जैसीको अभिनय रहेको भिडियो स्मृति तिमल्सेना गुरुआमाले निर्देशन गरेकी हुन् । भिडियोमा दुर्गा पौडेलको छायांकन र विनोद बमको सम्पादन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय