Tuesday 13 October 2026 / मंगलवार, २७ आश्विन २०८३

काठमाडौं, भारतीय फिल्म ‘सैयारा’ ले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ। म्युजिकल लभस्टोरी यो फिल्मले शुक्रबार २२ करोड भारू कमाउँदै बलियो ओपनिङ गरेको थियो। शनिबार फिल्मले २६ करोड २५ लाख कमाइ गर्‍यो भने आइतबार फिल्मको कमाइ अप्रत्याशित बढेको छ।

आइतबार फिल्मले भारतमा ३५ करोड ७५ लाख भारू कमाएको हो। योसँगै फिल्मले सुरूका तीन दिनमै घरेलु बक्स अफिसमा ८४ करोड भारू नेट कलेक्सन गरेको छ। यशराज फिल्म्सको ब्यानरमा बनेको मोहित सुरी निर्देशित ‘सैयारा’ सन् २०२५ को सफल फिल्म मात्रै बनेको छैन, नयाँ कलाकार अभिनीत सबभन्दा धेरै ओपनिङ गर्ने हिन्दी फिल्म समेत बनेको छ। यो फिल्ममा अहान पाण्डे र अनित पड्डाले मुख्य भूमिकामा अभिनय गरेका छन्।

नव कलाकारहरू अभिनीत ‘सैयारा’ को व्यापार अकल्पनीय र ऐतिहासिक उपलब्धि भएको बलिउड फिल्म विश्लेषक तरण आदर्शले सामाजिक सञ्जालमा लेखेका छन्। यो फिल्मको बजेट ४५ करोड रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय