Tuesday 13 October 2026 / मंगलवार, २७ आश्विन २०८३

काठमाडौँ, फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को गीत ‘मसुरीको दाना’ सार्वजनिक गरिएको छ । गीतमा अन्जु पन्त र एसडी योगीको स्वर, हर्क साउदको शब्द र एसडी योगीकै सङ्गीत छ ।गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी लगायत फिचर्ड छन् । प्रेममा रहेका प्रेमिल जोडीहरूको कथा गीतमा छन् । दुनियाँको मन जित्ने व्यक्तिहरू आफ्नै व्यक्तिगत सवालमा भने कुनै टुङ्गो नहुने वास्तविकतासँगै गीत सुरु हुन्छ ।

टिपिकल शब्दहरू प्रयोग गरिएको गीतमा प्रेमिकाले आफू प्रेमिका लागि योग्य रहेको बताएको छ । प्रेमीको हेराइले हुरुक्कै पार्ने गरेको प्रसङ्ग उल्लेख गर्दै एकले अर्कोलाई जिन्दगीसँगै जिउन गरेको सल्लाह गीतमा छ ।थुप्रै कोरस प्रयोग गरिएको गीतमा सुनिल क्षेत्रीको कोरियोग्राफी छ । हिमाल न्यौपानेले निर्देशन गरेको फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको फिल्मलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि शिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर, चुल्ठे काजीको एक्सन फिल्ममा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय