Tuesday 13 October 2026 / मंगलवार, २७ आश्विन २०८३

काठमाडाैं, चलचित्र ‘अभिमन्यु स् च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ। निर्माण पक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो। मोसन टिजर जिल्ला कारागार मोरङअगाडि एक व्यक्तिले चुरोट सल्काउँदै गरेको दृश्यबाट सुरु हुन्छ। त्यसपछि ती व्यक्ति एक सिक्कालाई टस गर्छन्। टस गरेको सिक्का चक्रको केन्द्रमा गएर रोकिन्छ, जहाँ पजल देखिन्छ। पजलमा सुरुमा चक्कु देखिन्छ। त्यसपछि पहेँलो बस्त्र लगाएका चारजना मानिस देखिन्छन्। त्यसपछि क्रमशः आगो र ब्यागबाट उडिरहेका नोट देखिएसँगै मोसन टिजर सकिन्छ।मोसन टिजरले पैसाका लागि हुने संघर्षलाई संकेत गरेको छ। चलचित्र ‘अभिमन्यु स् च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदै छ। हिन्दी भर्सन असोज ६ अर्थात् ९सेप्टेम्बर २२०मा रिलिज हुनेछ। हिन्दी भर्सन पनि वर्ल्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिए।

चलचित्रले पैसाको प्रलोभनमा चक्रव्युहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ। चलचित्रको मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन्। सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको सिनेमालाई सुशान्त गौतमले निर्देशन गरेका छन्। मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन्। विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेको चलचित्रका सह–निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।

जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक रहेका छन्। चलचित्रमा शरद महतोको डिओपी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय