Tuesday 13 October 2026 / मंगलवार, २७ आश्विन २०८३

काठमाडौँ, अभिनेत्री तथा निर्मात्री निता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुख दुःख’मा मदनकृष्ण श्रेष्ठ अनुबन्ध भएका छन् ।उनलाई शुक्रबार निर्माण पक्षले चलचित्रको महत्त्वपूर्ण भूमिकाको लागि अनुबन्ध गरेको हो । चलचित्रमा अनुबन्ध भएपछि कलाकार श्रेष्ठले आफूलाई फिल्मको कथा मन परेको कारण अभिनय गर्न राजी भएको बताए । फिल्म श्रेष्ठलाई निर्देशन गर्न आफू उत्साहित रहेको अभिनेत्री निताले बताइन् । ‘फिल्मको स्क्रिप्ट सुनाउँदा उहाँ भावुक हुनुभयो । स्क्रिप्टलाई उहाँले मन पराएपछि अभिनय गर्नका लागि उत्साहित देखिनुभयो ।’

गत आइतबार निर्माण पक्षले कलाकार मिथिला शर्मालाई अनुबन्ध गरेको थियो । मदन र मिथिला बाहेक फिल्मको मुख्य कलाकार को रहने हुन् निर्माण पक्षले खुलाएको छैन । चलचित्रको छायाङ्कनका लागि चर्चित भारतीय छायाङ्कनकार कवीरलाल र शाहिदलाल अनुबन्धित भइसकेका छन् । नीता ढुङ्गानाको डेब्यु निर्देशन रहने फिल्ममा फिल्म ‘नीता फिल्मस’को ब्यानरमा बन्न लागेको हो । फिल्म आगामी वर्ष दसैँको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ। यो फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय