Tuesday 25 August 2026 / मंगलवार, ९ भाद्र २०८३

काठमाडौं, शुक्रबारदेखि प्रदर्शनमा आउने दुई नेपाली फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। सौगात मल्ल र बेनिशा हमाल अभिनीत ‘सिटामोल’ र पल शाह, बेनिशा हमाल र नीति शाहको फिल्म ‘मोहर’ शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउँदै छन्। यी दुवै फिल्मको मल्टिप्लेक्स हलहरूले शो तालिका तय गर्दै अग्रिम बुकिङ खुलाएका हुन्।

देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेनले दुवै फिल्मलाई पहिलो दिनमा लागि बराबरीजसो शो दिएको छ। क्युएफएक्सले काठमाडौंभित्र ‘सिटामोल’ लाई १५ शो दिएको छ भने ‘मोहर’ ले १४ शो पाएको छ। फिल्म ‘सिटामोल’ को कुरा गर्दा सामाजिक कथामा बनेको फिल्म राजबहादुर सानेले निर्देशन गरेका हुन्। यसले एक पूर्वमाओवादी कमाण्डरलाई केन्द्रमा राखेर कथा भन्छ।

त्यस्तै, ‘मोहर’ सामाजिक–थ्रिलर फिल्म हो। ओम प्रतीकको निर्देशनमा बनेको फिल्मले देउकी प्रथाको नाममा बालिकामाथि हुने हिंसाको कथा भन्छ। दुवै फिल्मले टिजर, ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया पाइसकेका छन्। हलमा पनि दर्शकको साथ पाउने अपेक्षा फिल्म निर्माण टिमको छ।दोस्रो ठूलो आइएनआइ सिनेमाजले ‘मोहर’ लाई १२ शो दिएको छ भने यहाँ ‘सिटामोल’ ले ११ शो पाएको छ। त्यस्तै, वान सिनेमाजले दुवै फिल्मलाई ६र६ शो दिएको छ। अन्य मल्टिप्लेक्सले पनि बुकिङ खुलाइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय