Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं, गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ युट्युबमा सार्वजनिक भएको २४ घण्टामै १३ लाख पटक हेरिएको छ। यो तथ्यांक विहिबार बिहानसम्मको हो। यो भ्यूज, माझीको अघिल्लो तीज गीत ८‘आइन आमा यो तीजमा’८ले पाएको २४ घण्टाको भ्यूजभन्दा १ लाखले कम हो। नयाँ गीतलाई दर्शकहरूले मिश्रित प्रतिक्रिया दिएका छन्— कतिले यसलाई औसत भनेका छन् भने कतिले उत्कृष्ट भन्दै सामाजिक सञ्जालमा प्रशंसा गरेका छन्।

‘पुतलीको भट्टी’ भाग २१ अन्तर्गत आएको गीतमा छोरा–छोरीबीचको लैंगिक विभेद, पितृसत्तात्मक सोच र नारीको जीवनको मार्मिक कथा प्रस्तुत गरिएको छ। गीतको शब्द, संगीत र निर्देशन सुन्दरमणि अधिकारीको हो भने एरेन्ज आशिष अविरलले गरेका छन्। गीत राग स्टुडियोमा रेकर्ड भएको हो।

भिडियोमा माझीका अघिल्ला हिट गीत ‘चरी जेलैमा’ र ८‘आइन आमा यो तीजमा’८मा देखिएकी मोडल ललिता पौडेललाई निरन्तरता दिइएको छ। कोरियोग्राफी मौसम हिमालीले गरेका छन्। सार्वजनिक जीवनमा नदेखिने गायिका माझीका नयाँ गीतहरू सधैं दर्शकका लागि प्रतीक्षित रहन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय