Saturday 4 July 2026 / आईतवार, २१ असार २०८३

काठमाडौं, प्रविधि र उद्यमशीलतामा सक्रिय युवा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। प्रवेश गर्नेहरूमा सफ्टवेयर इन्जिनियर धाम भट्टराई, प्रभात कर्ण, सञ्चारकर्मी तुलसी बसकोटा, जनता पेन्टका निर्देशक उज्जल पाण्डे र होमकुमार राना रहनुभएको छ।

उहाँहरूलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी निवास खुमलटारमा पार्टीमा स्वागत गर्नुभयो। नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रविधि र उद्यमशीलतामा सक्रिय युवाहरूको पार्टीमा प्रवेशले माओवादी केन्द्रलाई अझ सशक्त बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

अध्यक्ष प्रचण्डले दलाल पूँजीलाई निरूत्साहित गर्दै राष्ट्रिय पूँजीको संरक्षण लागि माओवादी केन्द्र निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै, प्रवेश गर्ने युवाहरूलाई आगामी दिनमा पार्टीको नीतिगत तथा संगठनात्मक अभियानमा सक्रिय योगदान गर्दै उत्पादन र उद्यमशीलतामा लाग्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय