Monday 12 October 2026 / सोमबार, २६ आश्विन २०८३

काठमाडाैं , नेकपा (एकीकृत समाजवादी)को सातौं सचिवालय बैठकले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयताको जिम्मेवारी दिएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न बैठकले अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछि गौतमलाई वरीयता तोकेको हो।

पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार वरिष्ठ नेता गौतमलाई अध्यक्ष नेपालले शपथ ग्रहण गराएका छन्। साथै, राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा प्रवेश गरेका नेताहरूलाई पनि विभिन्न जिम्मेवारी दिइएको छ।

ज्वालाले जानकारी दिए अनुसार डीबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ। त्यसैगरी केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवान रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय