Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

काठमाडौं, नेपाली फेसन डिजाइनर एवं स्टाइलिष्ट तेन्जिन छितेन भुटियाले पछिल्लो पटक तयार पारेका पहिरनका पाँच वटा तस्वीहरुलाई फ्रेन्च म्यागाजिन माल्भीले प्रकाशन गरेको छ । उक्त म्यागाजिनको वेभसाइटको वेभटिटोरियल्स सेग्मेन्टको इन् ब्लुम शीर्षकमा डिजाइनर तेन्जिनले तयार पारेका पहिरनहरुले स्थान प्राप्त गरेका हुन् । प्रकाशित तस्वीरहरु चलचित्र एवं म्युजिक भिडियो निर्देशक समेत रहेका प्रनव जोशीले खिंचेका हुन् । श्रृङ्गारमा कन्चन श्रेष्ठ र हेयर स्टाइलिङमा मनिशा पण्डितको मिहेनत रहेको छ ।
माल्भी म्यागाजिनले प्रकाशन गरेको तेन्जिनका उक्त पहिरनहरु मध्ये गिसा नामक इन्टरटेनेरको व्यक्तित्वबाट प्रभावित रातो र सेतो रंगको समिश्रण भएका तीन वटा पहिरनका तस्वीर तथा फ्लोरल अवधारणामा नजिक रहेर तयार पारिएका पहेंलो रंगको पहिरनका दुई वटा तस्वीर समावेश गरिएको छ । प्रकाशित तस्वीरहरुमा म्युजिक भिडियो मोडलिङबाट चर्चा कमाएकी मोडल एवं अभिनेत्री माला लिम्बुले मोडलिङ गरेकी छिन् । मालालाई चलचित्र ‘पर्व’ को काले दाई … बोलको गीतबाट बढी चर्चा प्राप्त भएको थियो । सो म्यागाजिनमा प्रकाशित भएका ६ वटा तस्वीर मध्ये प्रनव जोशीले नै आफ्नो क्यामरामा कैद गरेका मोडल करिष्ना श्रेष्ठको एउटा तस्वीर पनि समावेश भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय