ललितपुर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले निर्वाण मानसिक स्वास्थ्य केन्द्र, एकान्तकुनामा उपचाररत खुम बहादुर बिकलाई आर्थिक सहयोग गर्नुभएको छ।

माओवादी केन्द्र म्याग्दी–काठमाडौं सम्पर्क मञ्चको संयोजनमा प्रचण्ड स्वयं स्वास्थ्य केन्द्रमा पुगेर खुम बहादुरलाई अक्षेरूपी २ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो।जनमुक्ति सेनामा समेत सक्रिय रहनुभएका खुम बहादुर करिब चार वर्षको उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किने तयारीमा रहनुभएको छ।

सो अवसरमा अध्यक्ष प्रचण्डले मानसिक रोगका समस्यामा रहेका नागरिकलाई उपचार प्रदान गर्दै आएको निर्वाण मानसिक स्वास्थ्य केन्द्रलाई धन्यवाद दिँदै, यस संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


