Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौँ, अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ अभिनीत फिल्म माग्ने राजा ले तीजको अवसरमा दर्शकबाट सुखद् साथ पाएको छ।मंगलबार बिहानैदेखि देशभरका हलमा शोहरूमा राम्रो उपस्थिति देखिएको वितरक रोहित कट्टेलले बताएका छन्। उनका अनुसार दिउँसो र साँझका केही शो ‘सोल्ड आउट’ समेत भएका छन्।शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले शनिबार पनि राम्रो व्यापार गरेको थियो। प्रदर्शनको पाँचौँ दिनसम्म आइपुग्दा पनि दर्शकको उत्साह कायम रहेको छ।

अभिनेता घिमिरेले मंगलबारको बुकिङ देखेर सामाजिक सञ्जालमार्फत उत्साह व्यक्त गरेका छन्। ऋषि लामिछानेको निर्देशनमा बनेको यो कमेडी फिल्ममा केदार घिमिरेसँगै वर्षा शिवाकोटी, विल्सन विक्रम राई, शारदा गिरी, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ। फिल्मको कथा सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् भने निर्माण मुनाल घिमिरेले गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय