काठमाडौँ, गायक प्रेम सेन र सुनिता थेगिमको स्वरमा नयाँ गीत ‘म्याङ्लुङ बजार’ सार्वजनिक गरिएको छ।प्रेम सेनकै शब्द र संगीत रहेको यस गीतमा तेह्रथुम सदरमुकाम म्याङ्लुङ बजारलाई सम्झाउँदै माया–प्रेम अभिव्यक्त गरिएको छ। गीतको भिडियोमा गायक सेन र गायिका थेगिम स्वयं फिचर्ड छन्। भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन् भने विकास धमलाले सम्पादन तथा कलर संयोजन गरेका छन्।
गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन्। रेकर्डिङ ए वान म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले गरेका हुन् भने मिक्सिङ किशोर थापाले गरेका हुन्।


