Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

भद्रपुर — चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टा भन्सार नाकाबाट १ अर्ब ५० करोड १३ लाख ६५ हजार रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार यो परिमाण अघिल्लो वर्षको सोही अवधिभन्दा ३.६० प्रतिशतले बढी हो।आयातमा सामान्य वृद्धि भएसँगै राजस्व संकलन पनि ११.८० प्रतिशतले बढ्दै ७४ करोड ८३ लाख ३२ हजार रुपैयाँ पुगेको छ।

उक्त अवधिमा आयात भएका पेट्रोलियम पदार्थ :

पेट्रोल : ८,९०४ किलोलिटर (७७ करोड ३ लाख)

डिजेल : ४,६७६ किलोलिटर (४४ करोड ११ लाख)

एलपी ग्यास : १,९३३ मेट्रिक टन (२० करोड ३ लाख)

एटीएफ (विमान इन्धन) : ७९२ किलोलिटर (७ करोड ३ लाख)

मट्टितेल : १२८ किलोलिटर (१ करोड १३ लाख)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय