Wednesday 26 August 2026 / बुधबार, १० भाद्र २०८३

डिजाइनर पहिरन, स्टाइल, ग्ल्यामरका साथ रनवे मोडलिङ आकर्षक चहलपहलका वीच ग्ल्यामर रनवे मोडल्स नामक फेसन कार्यक्रम सम्पन्न भएको छ । पूर्व उपराष्ट्रपति नन्द किशोर पुनको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी. विशेष अतिथिका रुपमा रहेका थिए । पुल्चोक स्थित द प्लाजामा सम्पन्न उक्त फेसनमय रनवे शोमा करिब तीन दर्जन मोडलहरुले प्रस्तुति दिएका थिए । मोडलहरुको प्रस्तुतिको निर्देशन फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरेका थिए ।

किङ अफ डान्स एकेडेमी, कोडाको ब्यानरमा सन्दीप पण्डित, विशाल पासवान र अनुपम गौतम आयोजक टिम रहेको सो कार्यक्रममा कञ्चन नेपालीलाई विजेताको रुपमा घोषणा गरिएको थियो भने रितु तामाङ र मानसी के.सी. क्रमशः फस्ट तथा सेकेन्ड रनर अप छानिएका थिए । पुरुष तर्फ विभेद पौडेललाई विजेता चयन गरिएको थियो । यसैगरी हिरा आचार्य अर्गनाइजर च्वाइस र आर्या भट्टचनलाई भ्युअर च्वाइस अवार्ड विजेताका रुपमा छनौट गरिएको थियो । कार्यक्रम फेसन, मोडलिङ, संचार, गीत संगीत तथा सिनेमा क्षेत्रका चिरपरिचित अनुहारहरुको राम्रै उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय