Monday 24 August 2026 / सोमबार, ८ भाद्र २०८३

सर्लाही प्रहरीले ईश्वरपुरबाट अवैध लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार ईश्वरपुर नगरपालिका–४ पूर्व-पश्चिम लोकमार्गस्थित दोस्रो लच्कानजिकैबाट ५५ किलो २२० ग्राम गाँजासहित एक पुरुष पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–१२, घारीबथान बस्ने ३२ वर्षका संजीव भुजेल रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बलिष्ठर सिंहले जानकारी दिए।

लागुऔषध गाँजा ओसारपसार भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले चेकजाँचको क्रममा रोड किनारमा बसिरहेका भुजेललाई प्लास्टिकमा पोको पारेर परालले छोपेर राखेको गाँजासहित पक्राउ गरेको हो। पक्राउ परेका उनलाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय