Tuesday 13 October 2026 / मंगलवार, २७ आश्विन २०८३

काठमाडौँ, मंसिर १२ गतेदेखि प्रदर्शनमा आउन लागेको पारिवारिक कथानक फिल्म ‘हर्ष’ ले शुक्रबार आफ्नो नयाँ गीत ‘सिठ्ठी मार’ सार्वजनिक गरेको छ। गीतमा प्रताप दास र सदीक्षा कट्टेलको स्वर, एलिस कार्कीको संगीत र पवित्रा घिमिरेको शब्द रहेको छ। आलोक शुक्लाले खिचेको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी छ।

परिवारिक जमघटको माहोलमा तयार पारिएको गीतमा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन लगायतका कलाकार देख्न सकिन्छ। फिल्मलाई डेब्यु निर्देशक एकता पौडेल ले निर्देशन गरेकी हुन्। प्रशन्न पौडेल र विकास पौडेल निर्मातामा रहेका फिल्म अष्टलक्ष्मी प्रोडक्सन्स र ई–प्राइम मुभिजको ब्यानरमा बनेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय